बजारमा सामसङको ‘ग्यालेक्सी एम ५१’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा सामसङको ‘ग्यालेक्सी एम ५१’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले बजारमा ‘सामसङ ग्यालेक्सी एम ५१’ प्रस्तुत गरेको छ । यसमा पहिलोपटक सामसङले ७ हजार एमएएचको ब्याट्रीका साथ स्न्यापड्रागन ७३० छ ।

यसमा फोन बक्ससँगै टाइप–सी २५ वाटको चार्जर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा ६.७ इन्चको डिस्प्ले र सिङ्गल टेक फिचरका साथ सेगमेन्ट लिडिङ सोनी ६४ मेगापिक्सलको क्वाड क्यामेरा छ ।

६ जीबी र्‍यामका साथ १ सय २८ जीबी रोम भएको मोबाइल ३९ हजार ९ सय ९९र ८ जीबी र्‍यामका साथ १ सय २८ जीबी रोम भएका मोबाइल ४३ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रकाशित : पुस १, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

सडक निर्माणमा रारा निकुञ्‍जको अवरोध

राजबहादुर शाही

मुगु — सदरमुकाम गमगढीदेखि खत्याड गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याडवासी एक दिन पैदल हिँडेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् ।

खत्याड गाउँपालिकाले निकुञ्ज क्षेत्रभित्र पर्ने १३ किलोमिटर सडक निर्माणका लागि गत आर्थिक वर्षमा सर्भे गरी निकुञ्ज कार्यालयसँग अनुमति मागेको थियो । गाउँपालिका अध्यक्ष उब्जन शाहीका अनुसार प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको थियो । ‘तर अहिलेसम्म अनुमति दिइएको छैन, निकुञ्जले आफ्नो क्षेत्रबाट सडक बनाउन मिल्दैन भनिरहेको छ,’ उनले भने, ‘यो सडक बनिदिएको भए गाउँवासीलाई निकै सुविधा हुने थियो ।’

अहिले खत्याडवासीलाई एक दिन लगाएर जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । त्यसैले स्थानीय पैदलै आउजाउ गर्ने गरेको खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न स किन्छ । गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले प्रक्रिया पुर्‍याएर अनुमति दिनुपर्ने उनले बताए । ‘निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं,’ उनले भने, ‘निकुञ्जले सडक छेकेर हामीलाई धेरै दुःख दियो ।’

छायानाथरारा नगरपालिकाले गमगढीदेखि लामाचौरसम्म सडक खनिसकेको छ । उताबाट खत्याड गाउँपालिकाले गम्थादेखि निगालबोटको समानेसम्म २१ किलोमिटर लामो सडक निर्माण भइसकेको जनाएको छ । निकुञ्ज क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माणको अनुमति दिएमा दूरी निकै कम हुने गाउँपालिका अध्यक्ष शाहीले बताए ।

प्रकाशित : पुस १, २०७७ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×