कैलाश हेलिकप्टरलाई कोरोनाका बिरामी उद्धार अनुमति

काठमाडौँ — कैलाश हेलिकप्टर सर्भिसेस प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कोरोनाका बिरामी उद्धार उडानका लागि अनुमति पाएको छ ।

कैलाश हेलिकप्टरलाई कोरोनाका बिरामी उद्धार अनुमति

कैलाश हेलिकप्टर सर्भिसेस प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्धार उडानका लागि अनुमति पाएको छ ।

कैलाश हेलिकप्टरले देशभर कोभिड–१९ का बिरामीलाई उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आवश्यक सुरक्षाका मापदण्ड पालना गरी उद्धार उडान गर्ने अनुमति पाएको हो ।

यसका लागि अस्पतालहरुको विज्ञ टोली, कोभिड बिरामीलाई बोक्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त कम्पनीद्वारा निर्मित पेसेन्ट आइसोलेसन युनिट र सुरक्षा मापदण्ड पालना गर्दै उद्धार उडानको तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेले जानकारी दिए ।

प्रकाशित : मंसिर २६, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?