कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ई–सेवाबाट बिमा रकम तिर्ने सुविधा

काठमाडौँ — वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बिमा र कल्याणकारी कोषको रकम अब ई–सेवादेखि भुक्तानी गर्न सकिने भएको छ ।

वैदेशिक रोजगारमा जाँदा ई–सेवा खाता भएका व्यक्तिले सीधै ई–सेवाबाट भुक्तानी गर्न सक्छन् । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बिमा रकम ई–सेवामार्फत भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित : मंसिर १८, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?