प्रोटोनको सोरुम अब काठमाडौंमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रोटोनको सोरुम अब काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियन कम्पनी प्रोटोनका गाडीको सोरुम काठमाडौंको नक्सालस्थित गैरीधारामा सुरु हुने भएको छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउनेछ ।

नेपाली बजारमा प्रोटोनको सागा सेडान उपलब्ध हुने कम्पनीको भनाइ छ । त्यसपछि अन्य मोडलका सवारीसाधन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित : मंसिर १६, २०७७ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्मी हुन्डाईको ‘क्लिक टु बाई’

कान्तिपुर संवाददाता

काठमाडौँ — हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘क्लिक टु बाई’ सेवाको सुरुवात गरेको छ ।

हालको कोभिड–१९ महामारीलाई सहज बनाउन सानो प्रयासस्वरूप लक्ष्मीले यो योजना ल्याएको हो । यसमार्फत ग्राहकले सम्पर्कविहीन वा सीमित सम्पर्कमा अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडीे खरिद गर्न सक्छन् । यसका लागि हुन्डाईले आफ्नो आधिकारिक वेबसाइटबाट क्लि टु बाई सेवाको सुरुवात गरेको हो ।

यसमार्फत ग्राहकले आफूलाई चाहिएको गाडीबारे जानकारी लिई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ २२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×