त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर



काठमाडौँ — एनसेल आजियाटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा आफ्नो नयाँ एनसेल सेन्टर सुरु गरेको छ ।

एनसेलले कोभिड–१९ को समयमा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङबारे जानकारी लिन सक्छन् ।
प्रकाशित : मंसिर १२, २०७७ ०९:३३