एनआईसी एसियाको ‘डबल डिपोजिट’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसी एसियाको ‘डबल डिपोजिट’

कान्तिपुर संवाददाता

काठमाडौँ — यो योजनामा सहभागी हुन न्यूनतम रकम १० हजार रुपैयाँ आवश्यक पर्ने बैंकले जानकारी दिएको छ ।

एनआईसी एसिया बंैकले ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना ल्याएको छ ।

योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा जम्मा गरेको रकम सात वर्ष सात महिनामा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको आठ वर्ष आठ महिनामा रकम डबल हुनेछ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

वाणिज्य बैंक–सुनकोसी गाँउपालिका कर्जामा सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीको सुनकोसी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरे ।

सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×