वाणिज्य बैंक–सुनकोसी गाँउपालिका कर्जामा सम्झौता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीको सुनकोसी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।

वाणिज्य बैंक–सुनकोसी गाँउपालिका कर्जामा सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरे ।

सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?