गुराँस इन्स्योरेन्समा फेरि विवेक- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुराँस इन्स्योरेन्समा फेरि विवेक

कान्तिपुर संवाददाता

काठमाडौँ — गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुन: विवेक दुगड नियुक्त भएका छन् ।

नवनिर्वाचित सञ्चालक समिति बैठकले बिहीबार दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चुुनेको हो ।

दसौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट जारी पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँको ५.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

रिलायन्सको ‘एक सेयरधनी, एक बिमालेख’

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले ‘एक सेयरधनी, एक बिमालेख’ अभियान सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार यो अभियान ल्याएको हो ।

जीवनका हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकता पूर्ति गर्न जीवन बिमा एक उचित माध्यम भएकाले कम्पनीले यो अभियानबाट आफ्ना सबै सेयरधनीलाई बिमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×