कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दराज ११.११ सेलले बनायो रेकर्ड

काठमाडौँ — अनलाइन बजार दराजको ‘दराज ११.११ सेल’ ले पछिल्लो वर्षको रेकर्ड तोडेको छ ।

दराज ११.११ सेल सुरु भएको पहिलो एक घण्टाभित्र २ करोड २२ लाख रुपैयाँको बिक्री दर्ता गरेको छ । कम्पनीका अनुसार यो गतवर्षको तुलनामा ६० प्रतिशत बढी हो ।

दराजको यो सेलमा करिब ५ लाख प्रयोगकर्ताको उपस्थिति थियो । सात हजारभन्दा बढी विक्रेताले विभिन्न २८ सहरमा व्यापार गरेका थिए ।

त्यस्तै वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा समेत गत वर्षको तुलनामा ४५ प्रतिशत वृद्धि भएको दराजले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ३, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?