ग्लोबलका दुई शाखा- बजार - कान्तिपुर समाचार

ग्लोबलका दुई शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नयाँ शाखाहरूको भच्र्युअल माध्यमबाट उद्घाटन गरे ।

भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

सोलुखुम्बुमा टेलिकमको सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

साथै ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ । ताक्सिन्दु र जुभुमा असोज २९ देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकलाई थप सुविधा पुग्ने टेलिकमले जनाएको छ ।

यसअघि उक्त क्षेत्रमा कम्पनीको स्काई मोबाइल सेवा उपलब्ध थियो ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×