सोलुखुम्बुमा टेलिकमको सेवा- बजार - कान्तिपुर समाचार

सोलुखुम्बुमा टेलिकमको सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

साथै ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ । ताक्सिन्दु र जुभुमा असोज २९ देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकलाई थप सुविधा पुग्ने टेलिकमले जनाएको छ ।

यसअघि उक्त क्षेत्रमा कम्पनीको स्काई मोबाइल सेवा उपलब्ध थियो ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

नवप्रवर्द्धन प्रस्ताव आह्वान गरिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्यमी बन्न चाहने युवाका लागि वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने भएको छ ।

युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने र उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी नि:शुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्न बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×