मेगा बैंकको ‘तीनमा तीन सय’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — योजनाअनुसार ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिने तीन सय रुपैयाँ पाइन्छ ।

मेगा बैंकको ‘तीनमा तीन सय’ योजना

मेगा बैंक नेपालले दसैंमा दक्षिणा दिन ‘तीनमा तीन सय’ योजना ल्याएको छ । बैंकले कोभिड–१९ को महामारीमा नोटविहीन बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।

यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरी फोन पेमार्फत कुनै पनि बैंकको तीनवटा खातामा दक्षिणास्वरूप रकम पठाउनुपर्नेछ ।

दक्षिणाबापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’ को व्यवस्था गरिएको छ । यो योजनामा ग्राहकले तीन खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा रकमान्तर गर्नुपर्नेछ । यो योजना दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?