सामसङको ‘बडादसैं, बिग धमाका’ को विजेता घोषणा- बजार - कान्तिपुर समाचार

सामसङको ‘बडादसैं, बिग धमाका’ को विजेता घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले हालै चाडपर्वको अवसरमा ल्याएको ‘बडादसैं, बिग धमाका’ योजनाका विजेताहरूको नाम घोषणा गरेको छ ।

सामसङ नेपालको आधिकारिक फेसबुक पेजमार्फत योजनाका विजेताको नाम घोषणा गरिएको हो । पहिलो ‘साप्ताहिक बिग धमाका’ का विजेतामा आबुँखैरेनीकी कल्पना थापा, दमौलीकी मेनुका थापा र गोरखाका राजन भट्टराई छन् ।

यो योजनाअन्तर्गत ग्राहकले बम्पर धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिकअन्तर्गत ५ वटा होन्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट२० प्राप्त गर्न सक्नेछन् ।


प्रकाशित : कार्तिक ५, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीको २० प्रतिशत लाभांश प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक सञ्चालक समिति बैठकले मंगलबार १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ ।

बैठकले उक्त प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर अर्थात् १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ र १ प्रतिशत नगद लाभांश अर्थात् ९ करोड ७२ लाख रुपैयाँ लाभांश कर प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×