२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अनलाइन पढ्न ई–कक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यसामग्रीसहितको ई–कक्षा स्किम इन्टरनेसनलले ल्याएको हो ।

अनलाइन कक्षा नचलाएका वा आर्थिक/प्राविधिक कारणले चलाउन नसकेका शैक्षिक संस्थाका विद्यार्थीका लागि नेपाली सफ्टवेयर आएको छ ।

१ हजार २ सय रुपैयाँमा विद्यार्थीले कोर्स खरिद गर्न सक्नेछन् । यसमा १२ कक्षासम्मका विद्यार्थीका लागि सबै पाठ्यक्रम र अनलाइन कक्षामा सातापिच्छे नयाँ रेकर्डिङ प्रोग्राम छ ।

विद्यार्थीले प्रश्नोत्तर गर्नुपरे वा सातापिच्छे दिनुपर्ने टेस्ट परीक्षाका लागि पनि विकल्प रहेको स्किमका सीईओ अभिषेक शिवाकोटीले बताए ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?