नेपाली बजारमा ‘होन्डा सीआर–भी २०२०’- बजार - कान्तिपुर समाचार

नेपाली बजारमा ‘होन्डा सीआर–भी २०२०’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा नयाँ ‘होन्डा सीआर–भी २०२०’ सार्वजनिक गरेको छ ।

नयाँ आईडीटीईसी इन्जिनयुक्त अनि पाँचौं जेनेरेसनको यो सवारीमा २१० एमएम ग्राउन्ड क्लियरेन्स छ । जसले कारमा एड्भान्स इन्टिग्रेटेड एलईडी हेड ल्याम्प्स, इनलाइन एलईडी फगल्याम्प्स, फ्रन्ट पार्किङ सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ गियर, आठ प्रकारको पावर ड्राइभिङ सिट, चार प्रकारको लम्बर सपोर्ट सिट र सात जनासम्म यात्रु बस्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

विद्युतीय गाडी ‘निसान लिफ’

कान्तिपुर संवाददाता

काठमाडौँ — निसान मोटर्सको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसानको विद्युतीय सवारी ‘निसान लिफ’ लन्च गर्ने घोषणा गरेको छ ।

यो विद्युतीय गाडी ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले बताएको छ । साथै यसमा आधुनिक ई–पेडल टेक्नोलोजीसमेत रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×