सिटिजन्सले तिनाउलाई प्राप्ति गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको छ । 

सिटिजन्सले तिनाउलाई प्राप्ति गर्ने

बुटवलस्थित तिनाउको प्रधान कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सिटिजन्सले तिनाउलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ । सर्वसाधारणलाई दिएको ऋण लगानी भने करिब ९८ अर्ब रुपैयाँ हुनेछ ।

प्रकाशित : कार्तिक २, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?