एनसेलको ‘गो सिम’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘गो सिम’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलले महिलाका लागि ‘अघि बढौं’ भन्ने नारासहित ‘गो सिम’ ल्याएको छ ।

यो सिममा आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपत्कालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम अनि एमएमएस सेवा लिन पाइने र निश्चित नम्बरमा नि:शुल्क कल सेवा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

गो सिम खरिदसँगै ग्राहकलाई २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस उपलब्ध हुने एनसेलले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

एनएमबीका ग्राहकलाई सीजीका उत्पादनमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंक र सीजीबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकले सीजीका कुनै पनि उत्पादन बैंकको कार्डबाट खरिद गर्दा मेगा डिलअन्तर्गत नगद फिर्ता प्राप्त गर्नेछन् ।

बैंक भिसा डेविट र क्रेडिट कार्डका साथ ‘दसैं महाअफर’ अन्तर्गत ग्राहकले सीजीका उत्पादनको खरिदमा ४० प्रतिशतसम्म बचत गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×