१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बजारमा होन्डा सीबीआर ६०० आरआर

कान्तिपुर संवाददाता

काठमाडौँ — चार सिलिन्डर लिक्विड कुल इन्जिन रहेको सीबीआर ६०० आरआरमा ५९९ सीसीको इन्जिन क्षमता छ ।

बजारमा होन्डा सीबीआर ६०० आरआर

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा सीबीआर ६०० आरआर’ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ ।

६६ एनएम टर्क र १२० हर्सपावर रहेको यो मोटरसाइकललाई जेरोबाट सय किमि प्रतिघण्टा पुग्न ३.१ सेकेन्ड मात्र लाग्ने कम्पनीले बताएको छ ।

६ स्पिड गियरबक्स गरेको मोटरसाइकलको टप स्पिड २५० किमि प्रतिघण्टा छ । मोटरसाइलको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निधारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?