सेती जलविद्युत्को मुख्य लगानीकर्ता एनएमबी- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती जलविद्युत्को मुख्य लगानीकर्ता एनएमबी

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंक सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भएको छ ।

गण्डकीको कास्कीमा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन जलविद्युत् परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । यो परियोजनामा अगुवा बैंक एनएमबी छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थामा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक छन् ।

२५ मेगावाट क्षमताको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । यसमध्ये बैंकहरूको कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँको हुनेछ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्

वेस्ट अफ इङल्यान्ड शीर्ष ३० मा

कान्तिपुर संवाददाता

काठमाडौँ — द ब्रिटिस कलेजले सहकार्य गर्दै आएको विश्वविद्यालय वेस्ट अफ इङल्यान्ड लन्डनमा रहेका विश्वविद्यालयमध्ये शीर्ष ३० मा परेको छ ।

लन्डनमा सयभन्दा बढी विश्वविद्यालय छन् । पछिल्लो सर्भेका अनुसार यूडब्लूई रोजगारी पाइने विश्वविद्यालयको शीर्ष २०औं स्थानमा वेस्ट अफ इङल्यान्ड छ ।

यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सी (एचईएसए) ले सार्वजनिक गरेको ब्रिटिस कलेजले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×