सामसङको क्यूएलईडी टीभीको प्रि–बुकिङ- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङको क्यूएलईडी टीभीको प्रि–बुकिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले २०२० क्यूएलईडी टीभीका लागि प्रि–बुकिङ खुलाएको छ ।

सामसङले असोज २९ देखि कात्तिक १५ सम्मका लागि प्रि–बुकिङ खुलाएको हो । प्रि–बुकिङ गर्ने ग्राहकले नि:शुल्क मोबाइल सेटसमेत प्राप्त गर्नेछन् । ग्राहकले न्यूनतम १० हजार रुपैयाँको विशेष प्रि–अर्डर अफरअन्तर्गत कुनै पनि एलईडी टीभी खरिद गर्न सक्छन् ।

८५ इन्चको सामसङ क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सय र ७५ इन्चको ४ लाख ४२ हजार ४ सय २५ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

भाइबरको रिमाइन्ड सेट फिचर

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरले प्रयोगकर्तालाई आफ्ना काम र अन्य महत्त्वपूर्ण कार्यक्रमका लागि रिमाइन्डर राख्न मिल्ने गरी माई नोट्समा विशेषता थप गरेको छ ।

प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ विशेषताले सबै सन्देश र रिमाइन्डर सुरक्षित राख्न मद्दत गर्ने भाइबरले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×