एमएडब्लू अर्थमुभर्सको ‘जेसीबी एनएक्सटी २२१ एलसी’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमएडब्लू अर्थमुभर्सको ‘जेसीबी एनएक्सटी २२१ एलसी’

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ एक्स्काभेटर नेपालको भूबनोटलाई ध्यानमा राखी डिजाइन गरिएको छ । साथै यसमा ‘नेक्स्ट लेभल फिचर’ पनि छन् ।

नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले नयाँ एक्स्काभेटर ‘जेसीबी एनएक्सटी २२१ एलसी’ सार्वजनिक गरेको छ ।

यसले १३ सय आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।

पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्ने कम्पनीले जनाएको छ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले छ ।

जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

केन्ट आरओको दसैंतिहार अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्टको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैंतिहारलाई लक्ष्य गर्दै ग्राहक योजना ल्याएको छ ।

योजनाअनुसार केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ग्राहकले चार वटा एलईडी बल्ब उपहार प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×