२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आईएमईले ल्यायो ‘भरोसा कोष’

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ संक्रमणबाट विदेशमा मृत्यु भएकाका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ आईएमई ग्रुपले ‘भरोसा कोष’ स्थापना गरेको छ ।

कोषमा २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तले आवश्यक विवरणसहित काठमाडौं पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्छन् ।

आवेदनमाथि छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने आईएमईले जनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?