कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनकपुरको वैभव र प्रतिरोधी संस्कृति हराइरहेको छ

रोशन जनकपुरी

जनकपुर — जनकपुरका जनताले आफ्नो जीवन बचाउन र आफ्नो समाजलाई सुन्दर बनाउनका लागि गरेका अभ्यासहरु नै जनकपुरका वैभव हुन् । ती अभ्यासबाट प्राप्त वैभवहरु फर्काउने हो भने यो सही अवसर हो । हामीले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएका छौं । हामीले अब जनकपुरका वैभवहरू खोज्नुपर्छ ।

जनकपुरको वैभव र प्रतिरोधी संस्कृति हराइरहेको छ

अहिले शून्यबाट सुरुवात गरिरहेका छौं । यहाँबाट सुरुवात गर्दा पुराना परम्परा खोज्नु पर्छ । जनकपुरका परम्परा हेर्ने हो भने मिथिलाका इतिहासँग जोडेर हेर्न सकिन्छ । जनकपुरलाई मिथिलाको राजधानी पनि भनिन्छ । मिथिलाको राजधानीको कुरा गर्दा हामीले वैभवमा गुमाएका के छौं भनेर हेर्न जरुरी छ । मिथिलाको कुरा गर्दा सिधै जानकी, सीता, जनकलाई वैभका रूपमा हेर्छौं । तर इतिहासमा भएका बुद्धकालीन जनकपुरले अभ्यास गरेका चर्चा फरक छन् । मिथिलाले गरेका ती चिज वर्तमानमा हराएका छन् । यो एउटा वैभव हामीले फर्काउनुपर्छ ।

जनकको कुरा गर्दा शिक्षाको कुरा गर्छौं । हामीलाई जनकलाई आद्यात्मिक चिन्तकका रूपमा मात्र हेर्छौं जस्तो लाग्छ । तर, जनकको दरबारमा आद्यात्मिक दार्शनिकसँगै भौतिक दार्शनिकहरु पनि थिए । प्रकृतिको तर्फबाट गर्गाीले प्रश्न गरेकी थिइन् ।

षड् दर्शनमा पुराना मीमांस होस् । त्यो गौतमको न्याय होस् । अध्यात्मको विरुद्धमा ल्याएको प्राकृतिक दर्शनका बारेमा छलफल हुनु पर्छ । यो एउटा वैभव हो । अर्को वर्तमान जीवनसँग जोडिएको वैभव पहिचान गर्नुपर्छ । शिक्षामा सबैभन्दा महत्त्वपूर्ण जनककालीन शिक्षा पद्दति हो । बुद्धका दर्शन हेर्ने हो भने जनकले पहिलो पटक धरतीमा पाइला टेकेको ठाउँमा आँपको बगँैचा थियो । त्यो टाढा होइन्,मिथिलामा नै थियो । हनुमान बाघहरु थिए । ती बाघहरु कहाँ हराए ।

धार्मिक सहिष्णुता जनकपुरको परिचय थियो । म सानो छँदा एक जना मुस्लिम वृद्ध मान्छे घरमा आउनु हुन्थ्यो । जति पटक सोधे पनि उहाँले तुलसी दासका रामायण खररर भट्याउँथे । ताजियामा हिन्दुहरु जान्थे । जानकी मन्दिरको अगाडिबाट ताजियाका जुलुसहरु निकाल्थे । जानकी मन्दिरको विवाह पञ्चमीको डोलामा इद्रिस भन्ने वडाध्यक्ष अगाडि अगाडि हिँड्ने गर्थे । त्यसबेला जानकी मन्दिर र मस्जिदका बीचमा बार थिएन । आज त्यो समय कहाँ छ ? जनकपुरका यी वैभवहरु हराइरहेका छन् ।

जनकपुरको राजनीतिक परिचय दुर्गानन्द झासँग पनि जोडिन्छ । यहाँको प्रतिरोधी चेतना कहाँ हरायो ? क्रमश: जनकपुर शान्त हुँदै गइरहेको छ । अहिले जनकपुरको वैभव नचिन्ने राजनीतिक अज्ञानी छन् । जनकपुरनजिक रहेका खेतहरू वैभव थिए । अब हाम्रो सन्तानलाई खेत देखाउन हप्ता वा पन्ध्र दिनमा पिकनिकमा जाउ, खेत हेर्न जाऊ भन्ने अवस्था आइसकेको छ । पुराना खेत, गाउँ पर्यटकीय स्थल तथा सहरमा परिणत भइरहेका छन् ।

जनकपुरमा त्यतिबेला निजी शिक्षक हुने गर्थे । सरकारी स्कुल भए पनि शिक्षक निजी थिए । दलानमा बसेर बच्चाहरुलाई पढाउँथे । अहिले जनकपुर शिक्षाको हब बन्दै गएको छ । निजी स्कुल बढिरहँदा सरकारी स्कुल हराएका छन् । मिथिला वैभव, इतिहासका वैभव र वर्तमानका वैभव फर्काउँदा मानिसलाई केन्द्रमा राख्नुपर्छ ।

मेयरसाबले एउटा अन्तर्वार्तामा सता तत्वकरणको बजारीकरण गर्छु भन्नु भएको थियो । तर, म भन्छु सिता तत्वकरणको बजारीकरण होइन, सीताको जनकरण गर्नुस । बजारले नाफामा किन्छ, बेच्छ । सीताले जीवन उत्पन्न गर्न सकून्, त्यसैले जनवादी करण वा जनकरण हुनु पर्छ । यो दृष्टिकोणमा समस्या हो ।

उतिबेलाका जनकको शिक्षाको सार खोज्ने हो भने पनि मानिसलाई कसरी सुन्दर बनाउन सकिन्छ ? जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? भन्ने नै थियो । त्यसैले यही वैभव फर्काउन सबै प्रयत्न लगाउनुपर्छ । अहिले सत्तामा भएकाहरू, पुरानो संघर्ष गरेर आएकाले नयाँ सिक्न सकेनन् । कसरी चलाउने भन्नेमा ध्यान गएन । प्रदेशमा देखिएकाले गणतन्त्रको मर्मलाई नै आत्मसाथ गर्न सकेका छैनन् । जनकपुरको लडाइँमा भावावेशमा सबै सडकमा उत्रिए । महँगाइ बढ्दा कुनै आन्दोलन हुँदैन । प्रदेशको ‘न्यारेटिभ्स’ मा अपहेलना भयो भन्दै सबै सडकमा उत्रन्छन् । भुईंमान्छेसँग जोडिएको महँगीको विषयमा आन्दोलन हुँदैन । राजनीतिक दलले बोलाउँदा सबै आउँछन् । राजनीति र जनताबीचको सम्बन्ध ठीकसँग स्थापित हुन सकिरहेको छैन । जनकपुरको प्रतिरोधी संस्कृति परिवर्तन हुन सकेको छैन । धार्मिक नसाबाट ननिस्केसम्म नेताहरूले जनता पनि देख्दैनन् र जनताको दु:ख पनि हेर्दैनन् ।

राम–सीताबाट बाहिर आएर पहिलेको जनकपुरमा जोडिनुपर्छ । राजनीतिक संगठनबाट नेताहरुले स्कुलमा, सडकमा लगाउनु पर्ने बजेट जानकी मन्दिर र तीनकै कार्यकर्ताबाट चलेका एनजीओमा लगाइरहेका छन् । प्रतिरोधी संस्कृति बनाउने हो भने राजनीति गर्नेहरुले बजारबाट राजनीति कटाउनु पर्छ । जनतालाई गणतन्त्रको शिक्षासँग जोड दिनुपर्छ । आवश्यकताअनुसार मात्र धर्मलाई स्थान दिनु पर्छ ।

बजारले सबैलाई नाफामुखि बनाएको हुँदा नाफा हुने ठाउँमा मात्र खर्च गर्ने बानी बसेको छ । निजीमा नाफा भएकाले लाइसेन्स बिक्री गर्न थालेका छन् । सरकारीमा नाफा नहुँदा बजेट पठाइँदैन । यो रोगबाट जनकपुर पनि ग्रसित छ । यसबाट मुक्त हुनैपर्छ ।

अहिलेका जनप्रतिनिधिले गणतन्त्र र २१औं शताब्दीको कोणबाट सोच्न सकेका छैनन् । पहिला पनि सडक बनिरहेका थिए । आँपका रुख हुन्थे । धुलौटे बाटोमा बयलगाडा चल्थे भने खाली खुट्टा हिँड्नु पर्थ्यो । त्यसैले त बाटो बनाइएको थिए । गर्मीबाट बच्न छेउमा आपका रुखहरु हुन्थे । अहिले गर्मीबाट बच्न केही छैन । अहिलेका आवश्यकतासँग जोडेर न जनकपुरले सोच्न सकेको छ । हिजो पुस्तकालाय हुन्थे । सामाजिक संघसस्थाले नै सडक, नाला बनाउँथे । सरकारी निकायलाई जोडेर उपयोग गर्थे । अहिले क्लबको जालो छ । जब छट, दशैंतिहार, आउँछ क्लब बनाउँछन् । हिजोसम्म गंगासागरमा नि:शुल्क छठ मनाउने ठाउँमा अहिले शुल्क तिर्नुपर्छ । ठूलाबडालाई ठाउँ राखिएको हुन्छ भने सामान्य मान्छेले ठाउँ पाउँदैनन् । क्लबहरु आफू खाने, नेतालाई खुवाउने, सरकारको हरेक निकायलाई खुवाउने र कमिसनखोरीमा परिणत भएका छन् । त्यसकारण जनकपुरको वैभव र प्रतिरोध हराएको छ ।

धार्मिक सहिष्णुता, साम्प्रदायिक सहिष्णुता, वैचारिक सहिष्णुता पनि जनकपुरका वैभव हुन् । अहिले केसरियाले सामाजिक तनाव बढाइरहेको छ । जनकपुरलाई कस्तो बनाउनेभन्दा जनकपुरलाई जनकपुर बनाउने हो । जनकपुरलाई अयोध्या र वर्षाना बनाउने होइन् । जनकपुर बनाउँदा आधुनिक अर्थमा बनाउनु छ भने शिक्षामा राजर्षि जनकलाई जोड दिनु पर्छ । त्यसलाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउने भनेर अनुसन्धान गर्नुपर्छ । जातीय एकात्मकता नभई तराईका, पहाडिया एकत्रित भएर बस्थे । अहिले त्यो हरायो । ती वैभव फर्काउने कि नफर्काउने सोच्ने बेला आएको छ ।

जनकपुर उदार चरित्रको हो । इतिहास, मिथकीय, विगतलाई केन्द्रमा राखेर बनाउन सके जनकपुर बन्न सक्छ । जसरी केसरियाले जीवनलाई दिनरात तनाव गरिरहेको छ । त्यसकारण अहिले मानिसले मान्छे होइन, हिन्दू र मुसलमानमा परिणत गरिरहेको छ । सन्यासी र रामनन्दी रूपमा परिणत गरिरहेको छ । जनकपुर केसरी रङबाट बच्नु पर्छ । नव साम्राज्यावाद र नवउदारवादभित्रै पसिरहेका छौं । उपभोक्तावाद कसरी पस्दै छ, त्यो हेर्नुस । हिजो तिहार, छठमा पाइने प्राकृतिक सामान हराउँदै छन् । आज कारखानाबाट उस्तै देखिने तामा र प्लास्टिकका डालाहरु आएका छन् । डुमहरूले बनाउने प्राकृतिक सामानहरू हराए ।

गंगा आरती जनकपुरको पहिचान कहिलेदेखि भयो ? जानकीको आरती मन्दिरमा गरिन्थ्यो । यसो गर्दा धार्मिक हुने प्रक्रिया लिएर आएको छ । जनकपुरमा हिन्दू मात्र छैन । अर्कोले अरबबाट ल्याउलान् । कसैको हरियो रङ ल्याउलान् । मुख्यमन्त्रीलाई इस्लामी बन्ने मन लाग्यो भने हरियो ल्याउनुहोला । जनकपुर बनाउने हो भने जनकपुरको राष्ट्रियता के हो ? त्यो पक्रन सक्नु पर्छ । जनकपुरलाई आफ्नै रङमा रङ्न दिनुपर्छ ।

लेखक तथा विश्लेषक रोशन जनकपुरीले ‘मधेश मन्थन’ मा राखेको विचारको सम्पादित अंश

प्रकाशित : असार २८, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?