संघ सरकार नै प्रदेश सरकारको घोर विपक्षमा उभियो : मुख्यमन्त्री राउत

असार २५, २०७९

कान्तिपुर संवाददाता

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन गर्ने कुरामा संघीय सरकार गम्भीर नभएको बताएका छन् । 

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा मुख्यमन्त्री राउतले संघीय सरकार प्रदेश सरकारको घोर विपक्षमा उभिएको देखिएको बताएका हुन् ।

त्यस्तै संघीय सरकारले आवश्यक ऐन/कानुन निर्माणमा नसघाएको पनि उनले बताए । त्यस्तै आवश्यक प्रदेश ऐन बनाउँदा पनि संघ सरकारले सहयोग नगरेको उनको गुनासो थियो । आफूले चाहेर पनि संघीय सरकारले नचाहँदा उपलब्धि हासिल गर्न नसकिएको उनले बताए ।

संघ सरकारको सहयोग भएमा प्रदेशको शान्ति सुरक्षा चुस्त बनाउन सकिने पनि उनले बताए । संघ सरकारले ऐन निर्माणमा सहयोग नगर्दा प्रदेश प्रहरी गठनमा समस्या भएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully