जनकपुर — राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संघीयतालाई कार्यान्वयनमा के कुराले अवरोध गर्यो भनेर मूल्यांकन तथा अनुगमन गर्नुपर्ने बताएकी छिन् ।
शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा पौड्यालले कानुन निर्माण तथा वित्तीय संघीयतामा ध्यान दिइयो कि दिइएन भनेर हेर्नुपर्ने बताइन् ।
संघीयताको पुनरावलोकनभन्दा पनि अहिले आधार तय भयो कि भएन भनेर मात्र हेर्नुपर्ने पनि उनले बताइन् ।
मधेश आन्दोलन, माओवादी युद्धलगायतका विभिन्न कारणले संघीयता आएको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीयत तहको अन्तरसम्बन्धले मात्र यसको परिणाम देखिने उनले बताइन् ।
