तेस्रो मधेश विद्रोहको दबाब थेग्न नसकेर मात्र नेपालमा संघीयता आएको हो : सीके लाल

असार २५, २०७९

कान्तिपुर संवाददाता

जनकपुर — लेखक तथा विश्लेषक सीके लालले  गणतान्त्रिक व्यवस्थामा मात्रै नेपाली राजनीतिक दलहरूले बाध्यताले मात्र संघीयता स्वीकारेको बताएका छन् । 

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा लालले नेपाली कांग्रेस, एमाले र तत्कालीन राजालाई संघीयता मन नपरेको बताएका हुन् ।

संघीयतालाई आफ्नो मुद्दा बताउने माओवादीले पनि स्वायत्त प्रदेश मात्र स्वीकार भएको पनि उनले बताए । 'संविधानमा आएको संघीयता तेस्रो मधेश विद्रोहलाई थेग्न नसकेर त्यसलाई सम्बोधन गर्न आएको हो । संघीयतालाई बुझेर संघीयताका लागि यो संघीयता आएको होइन,' उनले भने ।

  राजावादी, पुँजीवादी, समाजवादी र साम्यवादी सोचमा संघीयताको अवधारणा नभएको पनि उनको भनाइ छ । नेपालको संघीयता उत्तरआधुनिक संघीयता भएको र विश्वमा अपनाइएका संघीयता मोडेलभन्दा पृथक रहेको उनले बताए । 

कान्तिपुर

Link copied successfully