कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘ठूला भवन र चिल्ला सडक बन्दैमा सामाजिक रुपान्तरण हुँदैन’ 

काठमाडौँ — मधेश प्रदेशका सांसद सुन्दरबहादुर विश्वकर्माले समाज रुपान्तरणका लागि भौतिक विकास मात्र नभई सामाजिक र मानवीय पक्षहरु सबल हुनुपर्ने धारणा राखेका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साे कार्यक्रम अन्तर्गत मधेशको सामाजिक रुपान्तरणका मुद्दा शीर्षकको सत्रमा बाेल्दै  विश्वकर्माले यस्तो भनाइ राखेका हुन् । समाज परिवर्तनका लागि निर्धारण गरिएका मानकहरु परिवर्तन गरिनुपर्ने उनले बताए । 

‘ठूला भवन र चिल्ला सडक बन्दैमा सामाजिक रुपान्तरण हुँदैन’ 

‘समाज केही कुरामा बदलिएको छ, केहीमा उस्तै छ । तर समाज बदलिएको कुराका मानकहरु के हुन भनेर हेर्न जरुरी छ,’ उनले भने, ‘समाजमा रहेका तल्लो वर्ग, सीमान्तकृत समुदायको जीवनस्तर बदलियो कि बदलिएन भनेर हेरिनुपर्छ । तर, हामीकहाँ सडक र कंक्रिट बनाउनुलाई मात्रै समाज बदलिएको रुपमा बुझाइ भइरहेको छ ।’

भौतिक संरचना राम्रो बन्नुलाई मात्रै परिवर्तनको मानक मान्न नसकिने विश्वकर्माले बताए । ‘भवन, पुल, सडकहरु राम्रा बनेका छन् । तर सामाजिक सम्बन्धहरु, उत्पीडनहरु बदलिए कि उस्तै छन् भनेर हेर्‍याैं भने कहालीलाग्दो अवस्था देखिन्छ,’ विश्वकर्माले भने, ‘विभिन्न वर्गका मानिसबीच हिजोको दूरी घटेको छैन । सामाजिक रुपान्तरण झन् कमजोर बन्दै गएको छ ।’

गरिब, निमुखा वर्गको मुहार चम्कियो कि चम्किएन भन्ने कुरा परिवर्तनको मानकको महत्वपूर्ण पक्ष हुने धारणा पनि विश्वकर्माले राखे । उनले मधेश प्रदेशमा सबैभन्दा बढी महिला र दलित उत्पीडनमा रहेको बताए । ‘मधेश प्रदेशमा ५१ प्रतिशत महिला र १८ प्रतिशत दलित छन् । उनीहरुलाई मुलधारमा नल्याइकन समाज रुपान्तरण हुँदैन भनेर राज्यले बुझिदिएन,’ विश्वकर्माले भने, ‘अहिले मधेश प्रदेशमा निर्वाचित प्रतिनिधिहरु हेर्ने हो भने दलितको संख्या निकै कम छ । कमजोर र अधिकार नपाएको वर्गले अधिकार नपाउन्जेलसम्म रुपान्तरण हुँदैन भन्ने मेरो बुझाइ हो ।’ सामाजिक रुपान्तरणका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना नै बनाएर जानुपर्ने पनि उनले बताए ।

प्रकाशित : असार २५, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?