कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला समन्वय समिति कञ्चनपुरमा कांग्रेसको मात्रै उम्मेदवारी

भवानी भट्ट

कञ्चनपुर — जिल्ला समन्वय समिति कञ्चनपुरमा प्रमुख, उपप्रमुखदेखि सदस्य सबैमा नेपाली कांग्रेसका उम्मेदवारको मात्रै उम्मेदवारी दर्ता भएको छ । प्रमुख, उपप्रमुखसहित ९ जना सदस्यको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्ला समन्वय समितिको प्रमुखमा दुर्गा बोहरा र उपप्रमुखमा रामकुमारी रानाको मात्रै उम्मेदवारी परेको छ । यसैगरी, सदस्यहरुमा जयसिंह विष्ट, रामसिंह भण्डारी, मोहन महता, अञ्जुदेवी राना, लिला चौधरी, चन्द्रा देवी थापा र विमलाकुमारी सार्की रहेका छन् । स्थानीय तहको प्रम्खु उपप्रमुखमा कांग्रेसको एकल बहुमत भएकाले उनीहरु निर्विरोध हुने देखिन्छ ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार बिहीबार उम्मेदवारमाथि दाबी/विरोध, शुक्रबार उम्मेदवारी फिर्ता र शनिबार मतदानको कार्यक्रम तय भएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?