जिसस मुगुमा गठबन्धनले दियो उम्मेदवारी   

राजबहादुर शाही

मुगु — जिल्ला समन्वय समिति निर्वाचनका लागि तीन दलीय गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट प्रमुख पदमा नेपाली कांग्रेस मञ्जन कार्की र उपप्रमुखमा नैनी कार्कीले उम्मेदवारी दिएका छन । 

जिसस सदस्य पदमा कांग्रेसबाट १ खुला पुरुष सदस्य, १ दलित अल्पसंख्यक सदस्यसहित ३ महिला सदस्य गरी ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रलाई १ खुला पुरुष सदस्य र नेकपा एकीकृत समाजवादी खुला पुरुष सदस्य पदमा उम्मेदवार दिएका छन् ।

नेकपा एमालेले समर्थक र प्रस्तावक नपाएपछि जिसस निर्वाचनमा उम्मेदवारी दर्ता गरएको छैन । मुगुमा रहेका चार वटा स्थानीय तहमध्ये एमालेले मुगुमकार्मारोङ गाउँपालिकामा १ मात्र उपाध्यक्ष जितेको हुँदा जिससमा उम्मेदवारी नदिएको जनाइएको छ ।

चार वटा स्थानीय तहमा प्रमुख पदमा २, उपप्रमुखमा ३ विजयी भएकोले जिससमा कांग्रेसको एकल बहुमत भए पनि ३ दलीय गठबन्धनलाई कायम राख्न माओवादी र एकीकृत समाजवादीलाई १/१ सदस्य दिएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए । जिससको निर्वाचन जेठ २९ गते तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?