१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुखमा एमालेका कोइराला  

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्ला समन्वय समिति (जिसस) मा पुरै एमालेका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । जिसस प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाहेक अरुको उम्मेदवार नपरेपछि मंगलबार सर्वसम्वत निर्वाचित भएका हुन् ।  

जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुखमा एमालेका कोइराला  

६ स्थानीय तहका १२ पदमध्ये ४ पदमा मात्रै कांग्रेस सहितको ५ दलीय गठबन्धनले चुनाव जितेपछि जिससमा उम्मेदवार नदिएका हुन् । ८ पदमा निर्वाचित भएको एमालेले जितेपछि जिससमा एकलौटी भएको हो ।

पाणिनी गाउँपालिका–५ मैदानबाट वडा सदस्यमा निर्वाचित कोइरालालाई प्रमुख र छत्रदेव गाउँपालिका–१ चिदिकाबाट सदस्यमा निर्वाचित ज्ञवालीसहित ९ सदस्यले पदभार ग्रहणसमेत गरेका छन् ।

जिसस सदस्यमा खुलातर्फबाट पाणिनी गाउँपालिका–७ बाट वडा सदस्यमा निर्वाचित कमल घिमिरे, सन्धिखर्क नगरपालिका–७ का लक्ष्मण कँडेल र भूमिकास्थान नगरपालिका–८ का झुपलाल खनाल, महिला सदस्यमा मालारानी गाउँपालिका–४ टुल्कादेवी आचार्य, शितगंगा नगरपालिका–१० डालकुमारी भण्डारी र मालारानी–१ सिता आचार्य रहेका छन् । दलित–अल्पसंख्यक सदस्यमा शितगंगा–१३ बाट मिना बिसी परियार छन् ।


प्रकाशित : जेष्ठ २४, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?