३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जिल्ला समन्वय समिति पाँचथरमा गठबन्धनबाट एकल उम्मेदवारी

पाँचथर — जिल्ला समन्वय समिति पाँचथरको प्रमुख, उपप्रमुख र सदस्य पदमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएको छ ।

जेठ २३ गते हुने निर्वाचनका लागि प्रमुख पदमा कांग्रेसका रामराज आङ्देम्बे, उपप्रमुखमा माओवादी केन्द्रका यामकुमार आङ्बोको उम्मेदवारी दर्ता भएको हो । यस्तै ७ जना सदस्यका लागि पनि गठबन्धन तर्फबाटै एकल उम्मेदवारी परेको हो ।

गठबन्धनबीच भागबन्डा गर्दा कांग्रेसले समन्वय प्रमुख र तीन जना सदस्य, माओवादी केन्द्रले उपप्रमुखसहित तीनजना सदस्य र एकीकृत समाजवादीले एक जना सदस्य लिएका छन् । समन्वय समितिको सदस्य पदमा डिलेन्द्र सेर्मा, टेकराज योङहाङ, हिमओती जबेगु, रिना गुरुङ, मणिकुमार थाम्सुहाङ, अमृत राई बान्तावा र लेन्जो थाम्सुहाङको उम्मेदवारी परेको छ ।

सबै पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरुविरुद्ध दाबी/विरोध नपरे निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए । उनका अनुसार उम्मेदवारविरुद्ध दाबी/विरोधका लागि जेठ २२ गतेका लागि तोकिएको छ ।


प्रकाशित : जेष्ठ २०, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?