अर्घाखाँचीमा कार्यपालिका सदस्यमा ३ एमाले, ३ पालिका गठबन्धन

वीरेन्द्र केसी

अर्घाखाँची — पाँच दलीय गठबन्धनलाई पराजित गर्दै जिल्लाका ६ स्थानीय तहमध्ये ३ पालिकामा दुवै पद र २ पालिका २ दोस्रो पदमा एमाले उम्मेदवारले जितेका छन् । गठबन्धनबाट कांग्रेसको २ पालिका पहिलो, राजमो १ पालिका र माओवादी १ पालिका दोस्रो पदमा विजयी भए । तर, ६ स्थानीय तहको कार्यपालिकामा भने एमालेले ३ वटामा मात्रै बहुमत पुर्‍याएको छ । 

अर्घाखाँचीमा कार्यपालिका सदस्यमा ३ एमाले, ३ पालिका गठबन्धन

एमालेले शीतगंगा नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा बहुमत पुर्‍याएको छ । कार्यपालिका सदस्यमा एमाले उम्मेदवारी विजयी भएका छन् । गठबन्धनको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा कार्यपालिका सदस्यमा बहुमत पुगेको छ । ६ वटै पालिकामा चुनाव भएको थियो ।

बुधबार सन्धिखर्क नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । ९ सदस्य कार्यपालिकामध्ये ३ कांग्रेस, २–२ माओवादी र राजमो १ सदस्य समाजवादीबाट कार्यपालिका सदस्यमा विजयी भएका छन् । गठबन्धन बहुमत भएको सन्धिखर्कसहित पाणिनी र भूमिकास्थानमा गठबन्धनभित्रका दलहरुबीच भागबन्डा गरेर सदस्य चुनेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा मालारानी गाउँपालिकाका २ पद र पणिनीको उपाध्यक्ष पदमा मात्रै जितेको एमालेले यसपाली ६ पालिकाको १२ पदमा ८ पद जित्न सफल भएको छ । अर्घाखाँचीमा ५ दलीय गठबन्धन पूर्णरुपमा सफल हुन सकेन ।

प्रकाशित : जेष्ठ १९, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?