गरुडा नगरपालिकामा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी    

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कन्थमनीप्रसाद कलवार विजयी भएका छन् । कलवारले नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई झिनो ३८ मतान्तरले पराजित गरेका छन् । निर्वाचित कलवारले ४ हजार ५६४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४ हजार ५२६ मत पाए ।

गरुडा नगरपालिकामा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी    

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर उपप्रमुख पदमा कांग्रेसका पुनम चौधरी विजयी भएकी छन् । चौधरीले जसपाकी उम्मेदवार बिन्दुकुमारी देवीलाई २ हजार २२६ फराकिलो मतान्तरले पराजित गरिन् । चौधरीले ६ हजार ७०३ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी देवीले ४ हजार ४७७ मत पाइन् । निर्वाचित चौधरी स्व. पत्रकार मनोज चौधरीका श्रीमती हुन् । कोभिड संक्रमणका कारण पत्रकार चौधरीको चार महिनाअघि मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७९ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?