पाँच पालिकाको नतिजा आउन बाँकी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

पाँच पालिकाको नतिजा आउन बाँकी

रासस

काठमाडौँ — स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगिसक्दा ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । 

बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ३२० मत प्राप्त गरेकी छन् ।

रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेकी छन् ।

यस्तै रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि छन् । उपप्रमुखमा कांग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गरेका छन् ।

सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं — बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाकोे मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ च ४९४१ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थारुको उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीबेर सडक जाम भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×