पुन: मतगणनाको माग गर्दै पोखरामा एमालेको प्रदर्शन

दीपक परियार

पोखरा — पोखरा महानगरपालिका १८ मा पुनः मतगणनाको माग गर्दै एमाले कार्यकर्ताले मुख्य निर्वाचनको कार्यालय अघि प्रदर्शन गरेका छन् । 

पुन: मतगणनाको माग गर्दै पोखरामा एमालेको प्रदर्शन

उक्त वडामा मुचुल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा कम भएको भनिएको ९ भोटको हिसाब माग्दै एमाले कार्यकर्ताले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

अर्कोतर्फ गठबन्धनका दलननिकट कार्यकर्ताले पनि बाँकी मतगणना छिटो सुरू गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।कार्यालय अगाडि अहिले प्रहरी सुरक्षालाई बढाइएको छ । मतगणना भने अझै सुरू हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?