पचरौताको मेयर र उपमेयरमा एमाले विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पचरौताको मेयर र उपमेयरमा एमाले विजयी

लक्ष्मी साह

बारा — बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा जलन्धर सिंह र उपप्रमुखमा नसिमा खातुन विजयी भएका हुन् ।


सिंह ४ हजार ७ सय ३२ मतसहित विजयी भएका हुन् । सिंहले निकटतम प्रतिस्पर्धी जसपाका रमेश यादवलाई २ सय ७१ मत अन्तरले पराजित गरे ।

निवर्तमान प्रमुखसमेत रहेका रमेश यादवले ४ हजार ४ सय ६१ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा नसिमा खातुन जसपाकी आफ्ना निकटतम प्रतिस्पर्धी सगुफा खातुनलाई ३ सय ७५ मतले पराजित गर्दै विजयी भएकी हुन् । नसिमाले ४ हजार ५ सय ३८ मत ल्याएकी छन् भन् उनकी निकटतम प्रतिस्पर्धी सगुफाले ४ हजार १ सय ६३ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

इन्धनको मूल्यवृद्धिमाथि संसद्मा छलफल माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका छन् । समर्थकमा एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् । भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उनीहरूले राखेका छन् ।

सरकारसँग मूल्य वृद्धि न्यूनिकरणका लागि भएका प्रयासबारेका खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उल्लेख छ । मूल्य वृद्धिका कारण प्रभावितहरूको जनजीवन सहज बनाउन सरकारका योजनाबारे जानकारी माग गर्न पनि छलफल आवश्यक भएको सांसदहरूको माग छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १४:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×