त्रियुगा नगरपालिकाको मतगणना सुरु

डिल्लीराम खतिवडा

उदयपुर — विवादका कारण रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । त्रियुगा नगरपालिका – १२ जनप्रेमी आधारभूत विद्यालय मतादान केन्द्रको मतदान प्रक्रिया सकिनै लाग्दा वैशाख ३० गते विवाद भएको थियो ।

त्रियुगा नगरपालिकाको मतगणना सुरु

विवादका करण स्थागित रहेको मतगणना मंगलबार १ बजेबाट सुरु भएको छ । सोमबार निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेसँगै मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत उत्तम सिलवालले वताए ।

६० हजार ४६ मतदाता रहेको त्रियुगा नगरपालिकामा ४१ हजार ८ सय ८८ मत खसेको थियो। वडा नम्वर १ बाट मतगणना कार्य प्रराम्भ गरिएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?