कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा एक उपाध्यक्षसहित ११ वडाध्यक्ष निर्विरोध

दलित महिला सदस्य १३ सहित १४ पदमा उम्मेदवारी नै परेन
आश गुरुङ

मनाङ — हिमाली जिल्ला मनाङमा नेकपा एमालेका १ जना उपाध्यक्षसहित ११ जना वडाध्यक्ष र ४९ जना वडा सदस्य निर्विरोध भएका छन् । कुल १ सय ४८ जनाका लागि उम्मेदवार आह्वान भएकोमा १३ जना दलित महिला सदस्य र १ जना महिला सदस्य गरी १४ जनाले उम्मेदवारी दिएनन् ।

मनाङमा एक उपाध्यक्षसहित ११ वडाध्यक्ष निर्विरोध

कुल १ सय ३४ पदमध्ये ६१ पद निर्विरोध निर्वाचित भएका छन् । कुल ७३ पदमा मात्रै निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचित जनप्रतिनिधिमा ४५ दशमलव ५२ प्रतिशत जनप्रतिनिधि निर्विरोध भएका छन् । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार नार्पाभूमि गाउँपालिकामा एमालेबाट मेङमार फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् । ४ वटा गाउँपालिका र २८ वटा वडा रहेको मनाङमा एमालेबाट १ जनामात्रै वडाध्यक्ष निर्विरोध भएका छन् । कांग्रेसबाट ५, स्वतन्त्रका ४ र माओवादी केन्द्रका १ गरी ११ जना वडाध्यक्ष निर्विरोध भएका छन् । एमालेबाट ९ जना, कांग्रेसबाट २२ जना र स्वतन्त्रबाट १८ जना जना गरी ४९ जना सदस्य निर्विरोध भएका छन् ।

चामे गाउँपालिका १ मा एमालेका खड्कजंग गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन् । वडा नं. २ मा कांग्रेसका मंगलदेव वडाध्यक्षमा निर्विरोध भएका छन् । नासों गाउँपालिका ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, वडा नं. ६ मा कांग्रेसका पुष्पबहादुर गुरुङ र वडा नं. ७ मा कांग्रेसका ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । मनाङ ङिस्याङ गाउँपालिका ३ मा स्वतन्त्रका कृष्ण लामा र वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङले स्वतन्त्रबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यालयका नासु रामु अधिकारीले बताए ।

नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फूर्पा ठेले लामा, वडा नं. ४ मा स्वतन्त्रका कर्म ग्यान्जे लामा र वडा नं. ५ मा स्वतन्त्रकै सोनाम तेजे लामा स्वतन्त्रबाट निर्विरोध वडाध्यक्षमा निर्वाचित भएका छन् ।

चामे गाउँपालिका १ मा एमालेबाट महिला सदस्य राजकाशी गुरुङ, दलित महिला सदस्य अनिता विक, खुला सदस्य चीनबहादुर घले र कांग्रेसबाट खुला सदस्यमा धनबहादुर गौचन निर्विरोध निर्वाचित भएका छन् । वडा नं. २ मा कांग्रेसबाट महिला सदस्य गममाया गुरुङ, दलित महिला सदस्य बुधमाया भन्ने नवीना परियार, खुला सदस्य महेन्द्र घले र एमालेबाट खुला सदस्यमा माइता गुरुङ निर्विरोध निर्वाचित भएका छन् । वडा नं. ५ मा एमालेबाट महिला सदस्यमा फूलमाया गुरुङ र दलित महिला सदस्यमा विष्णुमाया कार्मी निर्विरोध निर्वाचित भएका छन् ।

नासों गाउँपालिका ४ मा कांग्रेसबाट महिला सदस्यमा चनारस्यो गुरुङ, दलित महिला सदस्यमा राधा बराल विश्वकर्मा, खुला सदस्यमा सुकबहादुर गुरुङ र ललितमान गुरुङ निर्विरोध भएका छन् । वडा नं. ५ को महिला सदस्यमा स्वतन्त्रका निशा गुरुङ, दलित महिला सदस्यमा एमालेका फूलमाया विक, खुला सदस्यमा कंग्रेसका छिरिङ छोमु लामा र ओमप्रसाद पुन‍ेल निर्विरोध निर्वाचित भएका छन् । वडा नं. ६ को महिला सदस्यमा कांग्रेसका मोहनकुमारी घले, खुला सदस्यमा आइतजंग गुरुङ र मंगलप्रसाद गुरुङ निर्विरोध भएका छन् । दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन ।

वडा नं. ७ मा कांग्रेसबाट महिला सदस्यमा अमिसा गुरुङ, खुला सदस्यमा टंकप्रसाद गुरुङ र दूधमाया गुरुङ निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । दलित महिला सदस्यमा उम्मेदवारी परेको थिएन ।

मनाङ ङिस्याङ गाउँपालिका २ को खुला सदस्यमा कर्मा छिरिङ गुरुङ र सानो कान्छा गुरुङ कांग्रेसबाट निर्विरोध निर्वाचित भएका छन् । वडा नं. ३ का स्वतन्त्रबाट महिला सदस्यमा लाक्पा पल्मु लामा, खुला सदस्यमा रविन गुरुङ र सोनम घले साथै दलित महिला सदस्यमा कांग्रेसबाट फूलमाया विक निर्विरोध भएका छन् । वडा नं. ४ मा एमालेबाट पूर्णकुमारी विक दलित महिला सदस्यमा निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रबाट महिला सदस्यमा रिया गुरुङ, दलित महिला सदस्यमा सुस्मिता सेन्च्युरी, खुला सदस्यमा अनिल गुरुङ र धनबहादुर गुरुङ निर्विरोध भएका छन् ।

नार्पाभूमि गाउँपालिकामा रहेको ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको थिएन । वडा नं. १ मा महिला सदस्यको पनि उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । खुला सदस्यमा स्वतन्त्रबाट खम्सुङ ङिमा लामा र कांग्रेसबाट सङ्गी फुर्पा लामा निर्विरोध भएका छन् । वडा नं. २ मा स्वतन्त्रबाट महिला सदस्यमा डोल्मा छिरिङ लामा, खुला सदस्यमा कर्म छिरिङ र र छ्युादा गुरुङ निर्वाचित भएका छन् । वडा नं. ३ मा स्वतन्त्रबाट महिला सदस्यमा लाक्पा बुटी लामा, खुला सदस्यमा छ्यो सोनम लामा र खुला सदस्यमा एमालेका फुर्पा याङ्चेन निर्विरोध निर्वाचित भएका छन् ।

वडा नं. ४ को महिला सदस्यमा स्वतन्त्रका रिन्जेन ढोल्मा लामा, खुला सदस्यमा पेम्बा धोर्जे लामा र कांग्रेसका कर्मा तेन्जेन लामा निर्विरोध निर्वाचित भएका छन् । वडा नं. ५ मा स्वतन्त्रका महिला सदस्य डोल्मा छेन्चोम लामा, खुला सदस्यमा स्वतन्त्रका कर्म धोर्जे लामा र कांग्रेसका कर्म झ्याम्याङ लामा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?