माझी समुदायका दुई जना सदस्यमा निर्वाचित


खोटाङ — स्थानीय तहको निर्वाचनमा लोपोन्मुख माझी समुदायका दुई जना वडा सदस्यमा निर्वाचित भएका छन् ।



खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ को वडा सदस्यमा वीरबहादुर माझी र रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको वडा सदस्यमा रभुवाका सोमबहादुर माझी निर्वाचित भएका हुन् ।
उनीहरूमध्ये वीरबहादुर एमालेबाट र सोमबहादुर कांग्रेसबाट विजयी भए । वीरबहादुरले ४ सय २३ मत ल्याए । सोमबहादुरले ७ सय २ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित : जेष्ठ १०, २०७९ ०७:२०