१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भरतपुरमा झन्डै ९ सय मत गन्‍न बाँकी

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकामा अब ९ सय १२ मत मात्रै गन्न बाँकी रहेको छ । मंगलबार बिहानसम्म १ लाख २६ हजार ९२७ मत गणना भएको छ । २९ वटा वडाहरू रहेको भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।

भरतपुरमा झन्डै ९ सय मत गन्‍न बाँकी

अहिलेसम्म मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालको ५१ हजार ६ सय ६६ र एमालेका विजय सुवेदीको ३९ हजार ३ सय ४३ मत आएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय ४१ मत आएको छ ।

उपमेयरमा सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको ५२ हजार ४ सय २१ र एमालेले समर्थन गरेको राप्रापाकी हिमला गुरूङको ३० हजार ४ सय ७७ मत आएको छ ।

१० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?