कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

माधव ढुंगाना

भैरहवा — कोटहीमाई गाउँपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल उम्मेदवार बालकृष्ण त्रिपाठी ४,६३८ मत ल्याई विजयी भएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल जनता पार्टी उम्मेदवार अशोककुमार कलवारलाई ३९९ मतान्तरले पराजित गरेका हुन् । पराजित अशोककुमार कलवारले ४,२३९ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी उम्मेदवार शुशिलाकुमारी यादव ४,७३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार गुजराती यादवले ३,४४२ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?