१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा पनौतीमा शपथ ग्रहण बहिष्कार

नगेन्द्र अधिकारी

काभ्रे — पनौती नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण बहिष्कार गरेका छन् । औपचारिक छलफल र सहमति नगरेको, उपप्रमुखलगायत जनप्रतिनिधिलाई अन्तिम समयमा मात्रै खबर गरेको, बहालवाला जनप्रतिनिधिभन्दा पूर्वजनप्रतिनिधिलाई आमन्त्रण गरेकोलगायतका कारणले शपथ ग्रहणमा सहभागी नभएको एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले विज्ञप्तिमार्फत जनाएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा पनौतीमा शपथ ग्रहण बहिष्कार

६२ सदस्यीय नगरसभामा एमालेका उपप्रमुख, ७ वडाध्यक्ष सहित ३९ जनप्रतिनिधि निर्वाचित छन् ।

एमालेले आइतबार बनेपामा पनि शपथ ग्रहण बहिष्कार गरेका थिए । पछि एमालेबाट निर्वाचित जनप्रतिनिधिको लागि छुट्टै कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?