कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रौतहटको वृन्दावन नगरपालिकामा ५ वडासहित मेयर/उपमेयरमा नेकपा एस विजयी

शिव पुरी

रौतहट — रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीका रामविनोदप्रसाद कुर्मी ६ हजार १ सय १२ मतसहित विजयी भएका छन् ।

रौतहटको वृन्दावन नगरपालिकामा ५ वडासहित मेयर/उपमेयरमा नेकपा एस विजयी

कुर्मीले निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका उम्मेदवार रामस्नेही राय यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन् । यादवले ४ हजार ६ सय ७८ मत पाए ।

उउपप्रमुखमा एकीकृत समाजवादीकै संगीताकुमारी राम ५ हजार ७ सय ७२ मत पाई विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका सैबुन खातुनलाई १ हजार ८४ मतले पराजित गरेकी हुन् । खातुनले ४ हजार ६ सय ८८ मत पाइन् ।

९ वडा रहेको वृन्दावनमा नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन । वडा नम्बर १,६,७,८ र ९ एकीकृत समाजवादीले जितेको छ । २, ४ र ५ माओवादी र ३ नम्बर वडामा एमाले उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?