कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुई पालिकामा दलित प्रमुख

बागलुङ,लमजुङ — बागलुङका ढोरपाटन नगरपालिका प्रमुख र ताराखोला गाउँपालिका अध्यक्षमा दलित समुदायका उम्मेदवार निर्वाचित भएका छन् । ढोरपाटनमा देवकुमार नेपाली र ताराखोलामा धनबहादुर विक निर्वाचित भएका हुन् ।

दुई पालिकामा दलित प्रमुख

नेपाली दोस्रो पटक नगरप्रमुखमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनी लगातार प्रमुख बन्ने मौका पाएका हुन् । बागलुङका १० पालिकामध्ये ढोरपाटन नगरपालिकामा मात्रै एमालेले जितेको छ । उनले माओवादीका चन्द्र अर्याललाई पराजित गरे । एमालेले राष्ट्रिय जनमोर्चाको असन्तुष्ट पक्षलाई उपप्रमुख दिएको थियो । यहाँ कांग्रेसका धनबहादुर कायत ‘कल्याण’ उपप्रमुखमा विजयी भए ।

विक २०६० सालमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा बेनी आक्रमणका योद्धा र घाइते हुन् । उनको हातमा गोली लागेको थियो । अहिले पनि उनको शरीरभित्रै गोली छ । तत्काल उपचार नभएपछि शरीरमै गोली रहेको हो । ढिला भएपछि घाउ निको भएकाले उनले उपचारसमेत गरेका छैनन् । ‘पहिला आर्थिक अभाव र तत्काल उपचार गर्नपनि जोखिम भयो’ बिकले भने । जनमिलिसियाबाट राजनीतिक कार्यकर्ता भएका विक अहिले माओवादीको गण्डकी प्रदेश कमिटी सदस्य छन् ।

उनले ताराखोलामा घरघरै उद्यमी, कृषिको उत्पादन र बजारीकरणलगायत काम गर्ने बताए । यसैगरी बागलुङका विभिन्न पालिकामा ५ जना वडाध्यक्ष दलित समुदायबाट निर्वाचित भएका छन् । बागलुङ नगरपालिका–२ मा सुरज बोसेल, निसीखोला–२ मा कुविर विक, काठेखोला–३ मा कुलबहादुर विक, ढोरपाटन–८ मा भद्रमणि विक, जैमिनी–७ मा केन्द्र रसाइली वडाध्यक्ष निर्वाचित भएका छन् ।

लमजुङका ८ स्थानीय तहका ७५ वडामा १ जनामात्रै दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । राइनास नगरपालिका–५ माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् । शंखबहादुरले ५ सय ९९ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । जिल्लामा वडाध्यक्षमा उठेका ७ जना दलित समुदायका उम्मेदवार पराजित भए ।

...

दोस्रो पटक पनि स्वतन्त्रबाट वडाध्यक्ष

रोल्पा– सुनीलस्मृति गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवारी दिएका स्थानीय समाजसेवी नेत्र गिरी पुनः वडाध्यक्षमा विजयी भएका छन् । उनले माओवादी केन्द्रका शान्तराम शाहलाई पछि पार्दै जित हासिल गरेका हुन् । यसअघि पनि उनले स्वतन्त्रबाट वडाध्यक्ष जितेका थिए ।

लौरो चिह्नबाट प्रतिस्पर्धा गरेका गिरीले ५ सय ७ मत पाए । उनका प्रतिस्पर्धी शाहले ४ सय ६९ मत पाए । अघिल्लो पटक कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए । पछि कांग्रेसले बागी उम्मेदवार बनेको आरोपमा कारबाहीसमेत गरेको थियो । कारबाही सहेर पुनः टिकट माग्दा पनि नपाएकाले अहिले फेरि स्वतन्त्रबाट वडाध्यक्षमा उठेको उनले बताए ।

गिरी स्थानीयबीच समाजसेवी र सहयोगीका रूपमा परिचित छन् । जनप्रतिनिधि भएबापत प्राप्त गर्ने सेवा सुविधा उनले सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य र ज्येष्ठ नागरिकको हितमा उक्त रकम खर्च गर्दै आएको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?