तनहुँको ब्यास नगरपालिकामा कांग्रेस विजयी
तनहुँ — जिल्लाको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । उनले १२ हजार ७८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित भएकी छन् । दरैले १३ हजार ४९८ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन् ।
२०७४ सालको निर्वाचनमा पनि ब्यासमा कांग्रेसले जित हासिल गरेको थियो र नगरप्रमुखमा न्यौपाने नै थिए ।
प्रकाशित : जेष्ठ ९, २०७९ ०६:५८प्रतिक्रिया