रौतहटको यमुनामाई गाउँपालिकामा लोसपा विजयी

शिव पुरी

रौतहट — रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै लोसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोसपाका महमद साउद २ हजार ९ सय २९ मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भगतनारायण यादवलाई ९ सय ३५ मतान्तरले पराजित गर्दै साउद विजयी भएका हुन् । यादवले १ हजार ९ सय ९४ मत पाएका छन् ।

रौतहटको यमुनामाई गाउँपालिकामा लोसपा विजयी

निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार उक्त गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार अनुराधा कुमारीले २ हजार ५ सय ३ मत ल्याई विजयी भएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी सिमाकुमारी पटेललाई ५ सय ३२ मतान्तरले पराजित गरेकी हुन् । पटेलले १ हजार ९ सय ७१ मत पाइन् ।

पाँच वटा वडाहरु रहेको यमुनामाईको वडा नम्बर १ र ४ मा नेकपा माओवादीका वडाअध्यक्षहरु विजयी भएका छन् । वडा २ मा कांग्रेस, ३ मा एकीकृत समाजवादी र ५ मा नेकपा एमालेका वडाअध्यक्ष विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१८ वटा पालिका रहेको रौतहटमा अहिलेसम्म १२ वटाको मतगणना सकिएको छ । गरुडा, देवाहीगोनाही, फतुवाविजयीपुर, बौधीमाई, वृन्दावन र गढीमाई नगरपालिकाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?