रौतहटको यमुनामाई गाउँपालिकामा लोसपा विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटको यमुनामाई गाउँपालिकामा लोसपा विजयी

शिव पुरी

रौतहट — रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै लोसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोसपाका महमद साउद २ हजार ९ सय २९ मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भगतनारायण यादवलाई ९ सय ३५ मतान्तरले पराजित गर्दै साउद विजयी भएका हुन् । यादवले १ हजार ९ सय ९४ मत पाएका छन् ।

निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार उक्त गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार अनुराधा कुमारीले २ हजार ५ सय ३ मत ल्याई विजयी भएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी सिमाकुमारी पटेललाई ५ सय ३२ मतान्तरले पराजित गरेकी हुन् । पटेलले १ हजार ९ सय ७१ मत पाइन् ।

पाँच वटा वडाहरु रहेको यमुनामाईको वडा नम्बर १ र ४ मा नेकपा माओवादीका वडाअध्यक्षहरु विजयी भएका छन् । वडा २ मा कांग्रेस, ३ मा एकीकृत समाजवादी र ५ मा नेकपा एमालेका वडाअध्यक्ष विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१८ वटा पालिका रहेको रौतहटमा अहिलेसम्म १२ वटाको मतगणना सकिएको छ । गरुडा, देवाहीगोनाही, फतुवाविजयीपुर, बौधीमाई, वृन्दावन र गढीमाई नगरपालिकाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्

मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी

विनोद भण्डारी

विराटनगर — मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए । ढकाल निवर्तमान मेयर हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो । योसँगै मोरङका १७ पालिकाको अन्तिम परिणाम सकिएको छ ।


प्रकाशित : जेष्ठ ९, २०७९ ०५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×