कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस विजयी

शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ र एमालेकी सुशिला खत्रीले ५ हजार ३ सय ३ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?