३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

अर्जुन राजवंशी

बिर्तामोड — झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस तथा उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।

झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले ९ हजार ६ सय ५३ मतमात्र पाए ।

उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।

अध्यक्षमा पदमा निर्वाचित राई अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग गोला प्रणालीमा पराजित भएका थिए ।



प्रकाशित : जेष्ठ ८, २०७९ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?