२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा महिला

अर्जुन राजवंशी

बिर्तामोड — झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी तथा उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएका हुन् ।

झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा महिला

स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।

राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका थिए ।


प्रकाशित : जेष्ठ ८, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?